Kathmandu Press

‘जनादेश पार्टी’ दल दर्ताका लागि आयोगमा निवेदन

सर्वोच्च अदालत बारएशोसिएसनका सचिव अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो। 
‘जनादेश पार्टी’ दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं, कात्तिक २५ : निर्वाचन आयोगमा ‘जनादेश पार्टी, नेपाल’ का नाममा दल दर्ताका लागि निवेदन परेको छ। 

सर्वोच्च अदालत बारएशोसिएसनका सचिव अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो। 

पार्टीमा ७५ केन्द्रीय सदस्यहरु राखिएको छ। दलका सदस्यमा जेनजी आन्दोलनकारी र घाइतेहरू पनि समावेश छन्। 

पार्टीमा जेनजी अगुवा विप्लवी न्यौपाने, जस्मिन ओझा, नागरिकता अभियन्ता इन्द्रजीत साफी, जेनजीसहित परिवारका गणेश चौलागाईं र कमल सुवेदी पनि छन्।

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्