निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
उनले ०५२ सालको विश्वासको वातावरणको तुलनामा आजको वातावरण राम्रो नै भएका भन्दै सुरक्षाको त्यस्तो गम्भीर अवस्था नभएको बताए।
काठमाडौं, कात्तिक २५ : कानून, न्याय तथा संसदीय व्यवस्था एंव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरुले अहिले हजार वा पाँच सय वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन् भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताए।
मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन : चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले ०५२ सालको विश्वासको वातावरणको तुलनामा आजको वातावरण राम्रो नै भएका भन्दै सुरक्षाको त्यस्तो गम्भीर अवस्था नभएको बताए।
‘५२ सालदेखिको आन्दोलन देखेका पार्टीहरु छन्। जहाँ जुनबेला जुनसुकै बेला गोली चल्न सक्थ्यो। त्यो बेलाको वातावरण र अहिलेको वातावरणलाई तुलना गरेर हेरौं त त्यो बेलाको विश्वासको वातावरण के थियो र आजको विश्वासको वातावरण के छ ? पाँच हजार कैदीहरु बाहिर छन्, तिनीहरु चोरी चकारी गर्ने के होलान्,’ उनले भने, ‘हतियारको कुरा गर्दा हजारभन्दा तल आइसकेको भनिएको छ। के आजको दलहरु त्यो एक हजार वा पाँच सय वटा बन्दुक बाहिर छ भन्ने कारणले गर्दा डराएर चुनावमा आउन सकिदैँन, सुरक्षाको वातावरण छैन् भनेर भन्न खोजेको हो भने जस्तो मलाई विश्वास लाग्दैन।’
मन्त्री सिन्हाले निर्वाचनको वातावरणको विषयमा एक स्थानमा बसेर छलफल गरेर समस्याहरुलाई उजागर गरेर समाधान तर्फ संयुक्त रुपमा जाउ भन्ने एउटा मञ्च बन्छ र त्यहाँ उपस्थित हुने अवस्था आउँछ भने सबैभन्दा ठूलो वातावरण त्यही नै भएको बताए।
चुनावको वातावरण कसले बनाउने भन्ने प्रश्नमा जसको लागि चुनाव हुन लागेको छ उनीहरु सबै मिलेर बनाउनुपर्ने पनि उनको भनाई छ।
-(56)-1764919423.jpg)











