नेप्से बढ्यो, कारोबार रकम घट्यो
मंगलबार सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ।
काठमाडौं, कात्तिक २५ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ। यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो।
मंगलबार सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ।
साइन रेसुङ्गा डिबेन्चर बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बन्दीपुर केबलकारको सेयर प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ।
नेपाल एसबिआइ बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै, सिटी होटल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। ऋाज बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो।
त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ।
-(56)-1764919423.jpg)










