Kathmandu Press

कोरोना संक्रमित जडिबुटीमा, सर्लाहीमा पूरै गाउँ सिल

सर्लाही, जेठ ५ : सर्लाहीको रामनगर गाउँपालिकाको एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पूरै गाउँ सिल गरिएको छ। संक्रमित भने काठमाडौंको जडिबुटीमा बस्द....

कोरोना संक्रमित जडिबुटीमा, सर्लाहीमा पूरै गाउँ सिल

सर्लाही, जेठ ५ : सर्लाहीको रामनगर गाउँपालिकाको एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पूरै गाउँ सिल गरिएको छ। संक्रमित भने काठमाडौंको जडिबुटीमा बस्दै आएकी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रामनगर गाउँपालिका–४ बहुअर्वाकी एक युवतीलाई कोरोना संक्रमण भएको छ। १८ वर्षीया युवतीलाई कोरोना संक्रमण भएपछि पूरै गाउँ सिल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

युवतीको परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ। काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताए।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन्। “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन,” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइबहिनीका साथ काठमाडौँ गएकी हुन्।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

बहुअर्वास्थित विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।

 

प्रकाशित मिति: ०९:५२ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्