Kathmandu Press

एनपिएलको तालिका सर्वाजनिक, उद्घाटन खेल नै फ्लड लाइटमा हुने

अहिले टियू मैदानमा फ्लर्ड लाइटको जडान कार्य अन्तिम चरणमा पुगेको छ। कुल २३ खेल यो पटक डे–नाइट हुनेछ। यो पटक टियू मैदानमा स्थायी प्यारापिट पनि निर्माण गरिएको छ।
एनपिएलको तालिका सर्वाजनिक, उद्घाटन खेल नै फ्लड लाइटमा हुने

काठमाडाैं, कात्तिक २२ : नेपाल प्रिमियर लिगको दोस्रो सिजनको तालिका सर्वाजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ सार्वजनिक हो।

तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भीड्ने छन्। यो खेल मंसिर १ गते अपरान्ह ४ बजे सुरु हुनेछ। अर्थात यो खेल टियू मैदानमा फ्लड लाइटमा खेलिरहेको पहिलो खेल हुनेछ।  

Hardik ivf

अहिले टियू मैदानमा फ्लर्ड लाइटको जडान कार्य अन्तिम चरणमा पुगेको छ। कुल २३ खेल यो पटक डे–नाइट हुनेछ। यो पटक टियू मैदानमा स्थायी प्यारापिट पनि निर्माण गरिएको छ।

यस्तै, दोस्रो दिनअर्थात मंसिर २ गते २ खेल हुनेछ। ११ः४५मा सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भीड्दा ४ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

तेस्रो, चौथो र पाँचौं दिन भने एक–एक खेल मात्र हुनेछ। जसमा मंसिर ३ गते काठमाडौं र सदूरपश्चिम रोयल्स भीड्दो मंसिर ४ गते लुम्बिनी लायन्सले चितवनसँग खेल्नेछ। यस्तै, पाँचौं दिन अर्थात मंसिर ५ गते पोखर र सदूरपश्चिम भीड्ने छन्। यी तीनै खेल अपरान्ह ४ बजे सुरु हुनेछ।

यस्तै, लिगको शीर्ष दुई टिमबीच हुने क्वालिफायर १ मंसिर २३ गते हुने छ भने तेस्रे र चौथो बीचको एलिमिनेटर मंसिर २४ र क्वालिफायर १ को पराजित टिम र एलिमिनेरको विजेताबीचको क्वालिफायर २ मंसिर २५ गते हुनेछ। फाइलन मंसिर २७ गते शनिबार हुनेछ। यी खेलहरु अपरान्ह ४ बजे सुरु हुनेछ।

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्