Kathmandu Press

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अदातमा रिट दायर गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए। 
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

धनुषा, कात्तिक २४ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन्।

जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अदातमा रिट दायर गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए। 

उनले सातवटै दलहरुको संयुक्त बैठक बसी अदालत जाने निर्णय भएको बता । यादवले प्रदेश प्रमुखले एकलौटी ढंगले गरेको निर्णय लज्जास्पद रहेको बताए। 

प्रदेश प्रमुख भण्डारीले आज विहान आफूलाई सन्चो नभएको भन्दै काठमाडौं उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएकी थिइन्।

तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएकी थिइन्।

यादवका अनुसार ७४ जना सांसदले अदालतमा रिट गर्न हस्ताक्षर गरेका छन्। उनले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महाभियोग लगाउने तयारी पनि भइरहेको जानकारी दिए।

प्रदेश प्रमुख भण्डारीले संविधानमाथि प्रहार गरेको आरोप लगाए । उनले संघीयता नै धरापमा पार्ने खेल भइरहेको बताए।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्