Kathmandu Press

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

बारा, कात्तिक २४ : बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। 

हात्तीले अन्य  केहि सवारी साधनमा पनि क्षति गर्नुका साथै राजमार्ग नै अवरुद्व परेको प्रत्यक्षदर्शीले बताएका छन्। हात्ती अचानक सडकमा आएर सवारीसाधनहरूमा आक्रमण गरेको उनीहरुको भनाइ छ। हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।
 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्