पुवुबदु दसानायके बने विरानगर किंग्सको मुख्य प्रशिक्षक
अहिले अमेरिकी टिमको मुख्य प्रशिक्षक रहेका उनलाई दोस्रो सिजनका लागि विराटनगर किंग्सले मुख्य प्रशिक्षकका रुपमा अनुबन्धन गरेको हो।
काठमाडाैं, कात्तिक २४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्यप्रशिक्षक पुबुदु दसानायक दोस्रो सिजनको एनपिएलमा पनि प्रशिक्षकका रुपमा देखिए भएका छन्।
अहिले अमेरिकी टिमको मुख्य प्रशिक्षक रहेका उनलाई दोस्रो सिजनका लागि विराटनगर किंग्सले मुख्य प्रशिक्षकका रुपमा अनुबन्धन गरेको हो। एनपिएल हुने समयमा अमेरिकाको कुनै पनि खेल नरहेकाले उनी विराटनगर किंग्समा आबद्ध भएका हुन्।
जनकपुर बोल्ट्सले एनपिएल पहिलो संस्करणको उपाधि जित्दा उनै पुबुदु मुख्य प्रशिक्षक थिए। जनकपुरले भने यो सिजनका लागि वेस्टइन्डिजका शिवनारायण चन्द्रपउललाई मुख्य प्रशिक्षक बनाएको छ।
पुबुदु एसोसिएट क्रिकेटका चर्चित तथा सफल प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४को विश्वकप खेलेको थियो। उनले नै सन् २०२४ मा क्यानडालाई टि–२० विश्वकपमा पु¥याएका थिए।
यस्तै, विराटनगरले पूर्वश्रीलंकन फास्ट बलर धमिका प्रसादलाई बलिङ प्रशिक्षक बनाएको छ। उनले नेपाली पटक पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।
दोस्रो सिजनको एनपिएलका लागि विराटनगरले विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका पूर्वस्टार खेलाडी फाफ डु प्लेसिस, न्युजिल्यान्डका पूर्वस्टार मार्टिन गप्तिल, अस्ट्रेलियाका साम हेटलेट, स्कटल्यान्डका जर्ज मुन्से र दक्षिण अफ्रिकाकै मर्नेन्ट डे लाङलाई अनबुन्धन गरेको छ।
विराटनगरमा सन्दीप लामिछन, लोकेश बम, प्रतिश जिसी, बासिर अहमद, सूर्य तामाङ, सुवास भण्डारी, नारायण जोशी, साहिल पटेल, शंकर रानालगायत नेपाली खेलाडी छन्।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





