ला– लिगामा शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो
लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो ।-1762744578.jpg)
काठमाडौं, कात्तिक २४ : ला– लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो ।
पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोल हुन सकेन । उसका लागि भिनिसियस जुनियर र जुड बेलिङघमले पाएका महत्त्वपूर्ण अवसर गुमाए ।
यो बराबरीसँगै शीर्ष स्थानको रियलले तालिकामा पाँच अंकको अग्रता बढाउने अवसर गुमाएको छ ।
प्रकाशित मिति: ०८:५९ बजे, सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-(56)-1764919423.jpg)






