Kathmandu Press

अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्न्यास

नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्न्यास लिएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्न्यास

काठमाडौं, कात्तिक २३ : नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। 

नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्न्यास लिएका हुन्।

Hardik ivf

हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ। खेलअघि नेपाली टिमका सदस्यले शरदलाई ‘गार्ड अफ हनर’ दिएका थिए। 

शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन्। 

सन् २०१४ मा पहिलो पटक नेपाललाई टी-२० विश्वकपमा छनोट गराउन अविस्मरणीय प्रदर्शन गरेका उनले २०१४ को नेपालको पहिलो टी-२० विश्वकप सहभागितामा खेलेका थिए।

यस्तै सन् २०१८ मा नेपालको ओडिआई डेब्युमा पनि शरद टिमको सदस्य थिए । नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान दिएका शरदले घरेलु क्रिकेटमा पनि आफ्नो कप्तानीमा विभिन्न उपाधिहरू जितेका छन्।

प्रकाशित मिति: १९:३६ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्