Kathmandu Press

कोरोना भाइरसबाट विश्वभर  ३ लाख १६ हजार वढीको मृत्यु

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ६५९ पुगेको छ । ४८ लाख वढी संक्रमित मध्ये १८ लाख वढी....

कोरोना भाइरसबाट विश्वभर  ३ लाख १६ हजार वढीको मृत्यु
Hardik ivf

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ६५९ पुगेको छ । ४८ लाख वढी संक्रमित मध्ये १८ लाख वढी संक्रमित उपचारपछि निको भएका छन् ।

अमेरिकामा संक्रमित १५ लाख २७ हजार मध्ये ९० हजार ९७८ जनाको मृत्यु भएको छ । बेलायतमा ३४ हजार ६३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय पुगेको छ ।

इटलीमा ३१ हजार ९०८ जनाको कोरोना संक्रमणले मृत्यु हुँदा फ्रान्समा २८ हजार १०८, स्पेनमा २७ हजार ६५० को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ६१२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ४ हजार १६३ संक्रमितको मृत्यु भएको थियो । 

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्