३० अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
आइतबार कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ।
काठमाडौं, कात्तिक २३ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। यसअघि विहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ।
ऋाज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन्।
आज तीन स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन्।
दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। माबिलुङ्ग इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार भएको छ।
१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ।
त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
-(56)-1764919423.jpg)










