Kathmandu Press

सिके राउतको गणना अर्को चुनाव नभएसम्म फोरम र राजपापछि  मात्र हुनेछ : तुलानारायण साह

काठमाडौं, फागुन २४ : विगतलाई हेर्दा सिके राउतजीको पनि राजनीति मधेश केन्द्रित नै हो । मधेशी अनुहारले नेतृत्व गरेको पार्र्टीले मधेशबाहेक अन्य भागमा आधार....

सिके राउतको गणना अर्को चुनाव नभएसम्म फोरम र राजपापछि  मात्र हुनेछ : तुलानारायण साह

काठमाडौं, फागुन २४ : विगतलाई हेर्दा सिके राउतजीको पनि राजनीति मधेश केन्द्रित नै हो । मधेशी अनुहारले नेतृत्व गरेको पार्र्टीले मधेशबाहेक अन्य भागमा आधार बनाउन सकेको छैन । त्यसैले अब एउटा मधेश केन्द्रित दल थपिन्छ ।

सिके राउत एक जना पढेलेखेका जानकार व्यक्ति हुन् । उहाँसँग देश–विदेशमा शिक्षित व्यक्तिहरूको साथ सहयोग छ । मधेशका जनताले एउटा ताजा अनुहारको मूलधारको राजनीति गर्ने नेता पाउने छ ।

उहाँको पार्टीको उपस्थिति कस्तो होला भनेर अहिले नै अनुमान गर्नु अलि छिटो हुनेछ । चुनाव आउन अझै चार वर्ष छ । चुनावअघि भएको भए सजिलै अनुमान गर्न सकिन्थ्यो । एमाले–माओवादी मिलेपछि अहिले त्यहाँको सबैभन्दा ठूलो दल नेकपा हो । उसको पनि पुरानो आधार छ मधेशमा । त्यसैले सिके राउतजीको पार्टीले चमत्कार नै गर्ला भनेर अहिल्यै भन्न सकिन्न । उनीसँग हिजोको देश टुक्र्‍याएर शान्तिपूर्ण राजनीति गर्ने भन्ने एउटा ‘ग्ल्यामर’ छ ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोजी जस्ता मूलधारको राजनीतिमा स्थापित नेता त्यहाँ छन् । आज मात्र उहाँले मूलधारको राजनीति गर्ने घोषणा गर्नुभएको छ । नयाँ दल कसरी तयार गर्नुहुन्छ ? आन्दोलनबाट स्थापित नेताहरूको राष्ट्रिय राजनीतिमा एउटा छाप छ । क्षेत्रीय राजनीतिमा फोरमको अर्को छाप छ ।

राष्ट्रिय राजनीतिमा पनि व्यक्तित्व भएको तर आन्दोलन नगरेको बाबुराम भट्टराई, रविन्द्र मिश्रजीका पनि पार्टी छन् । गएको चुनावमा यी दुवै दलले राम्रो नतिजा ल्याएनन् । सिके राउतको दल पनि त्यस्तै व्यक्तित्व भएको आन्दोलन नगरेको नयाँ पार्टी हो । उहाँ पढेलेखेको विद्वान पनि हो । उहाँको नेतृत्वमा कत्तिको संगठन बन्छ, भन्न गाह«ो छ ।

सिके राउतजी पृथकतावादी लाइन छाडेर मूलधारको प्रतिस्पर्धात्मक राजनीतिमा आउनु सकारात्मक हो । मधेशी समाज भावनात्मक रूपमा आन्दोलित छ तर कम सङ्गठित छ । मधेशी समाजलाई सङ्गठित गर्नु अहिलेको आवश्यकता हो । अर्को चुनाव नभएसम्म संघीय समाजवादी फोरम र राजपापछि  मात्र गणना हुनेछ ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, फागुन २४, २०७५