Kathmandu Press

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

जनकपुर, कात्तिक २३ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ। शनिबार मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए।

सोनलले हिजो राति नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राजीनामा पत्र पनि बुझाएका थिए।

सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ। 

प्रकाशित मिति: १०:३३ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्