Kathmandu Press

पत्रकार गिरीका कथासंग्रह ‘भग्न प्रेमशला’ बजारमा

लेखक तथा रंगकर्मी ‘भग्न प्रेमशाला’ एउटा अब्बल कथासंग्रहको रूपमा आएको बताइन् । उनले साधारण जनजीवनको असाधारण कथा पढ्न पाएको बताइन्।
पत्रकार गिरीका कथासंग्रह ‘भग्न प्रेमशला’ बजारमा

काठमाडाैं, कात्तिक २२ : पत्रकार खगेन्द्र गिरीको पहिलो कथासंग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक भएको छ। 

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक संयुक्तरुपमा विमोचन गरे।

कथासंग्रहको विमोचन गर्दै लेखक पाण्डेले यो संग्रहले आफूलाई आशावादी बनाएको बताए। उनले धमिलो रंगमा खेलिएका कथाका पात्रले पाठकलाई मज्जाले बिथोल्ने बताए। कथासंग्रहमा भाषा नदीझैं बगेको छ बताउँदै उनले कथा कसरी लेख्ने, नयाँ पुस्ताका लागि यो सन्दर्भ ग्रन्थ भएको बताए। 

यस्तै, लेखक तथा पत्रकार बस्नेतले कथाकार गिरीलाई नेपाली साहित्यमा स्वागतसँगै र ईर्ष्या गर्न सकिने बताए। उनले दिमाग र हृदय छुन सक्ने यी कथामा दक्षिण एसियाली कथाकै जस्तो स्वाद पाइने उल्लेख गरे।

लेखक तथा रंगकर्मी ‘भग्न प्रेमशाला’ एउटा अब्बल कथासंग्रहको रूपमा आएको बताइन् । उनले साधारण जनजीवनको असाधारण कथा पढ्न पाएको बताइन्। इतिहासदेखि वर्तमानसम्मका विविध कथा समेटिएको संग्रहमा मनोवैज्ञानिक पक्षको आधिक्य रहेको उनले उल्लेख गरिन्। 

कार्यक्रममा कथासंग्रहका लेखक गिरीले कथा लेख्दादेखि प्रकाशन भएर हात पर्दासम्म आफूले बोझ बोकिरहेको बताए। 

गिरीले एन फ्रयाङ्कको विश्वप्रसिद्ध किताब ’द डायरी अप ए योङ गर्ल’को नेपाली अनुवाद ’एक किशोरीको डायरी’ प्रकाशन गरिसकेका छन्। ’भग्न प्रेमशाला’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्