Kathmandu Press

अर्जुनचौपारीका चेन्ज मेकर क्लबहरूद्वारा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न

वडा नं. १ अन्तर्गत रहेको पञ्चकन्या माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित वल्र्ड ग्रुप परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै, सोही वडामा रहेको संस्थागत विद्यालय अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीको क्लबले विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।
अर्जुनचौपारीका चेन्ज मेकर क्लबहरूद्वारा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न

स्याङ्जा कात्तिक २२ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूले मिति २०८२ साल कार्तिक २१ गते सामूहिक रूपमा विभिन्न स्थानहरूमा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेका छन्।पालिकाका ६ वटा वडामा रहेका २ आधारभूत, ६ माध्यमिक सामुदायिक तथा १ माध्यमिक संस्थागत विद्यालयका क्लबहरूले एकैदिन आ–आफ्नो विद्यालय र समुदायमा सकारात्मक गतिविधि सञ्चालन गरेका हुन्।

वडा नं. १ अन्तर्गत रहेको पञ्चकन्या माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित वल्र्ड ग्रुप परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै, सोही वडामा रहेको संस्थागत विद्यालय अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीको क्लबले विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

Hardik ivf

यस्तै, वडा नं २ मा अवस्थित श्री अमर ज्योति माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले बालबालिकाको व्यवहारकुशल सीप विकास तथा व्यक्तिगत सरसफाइमा आधारित व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा नं ३ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयको क्लबले विद्यालय परिसर, ट्यांकी तथा नजिकैको मन्दिर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

वडा नं. ४ अन्तर्गत जन माध्यमिक विद्यालयले एकानन्द गुफा जाने गोरेटो बाटो र गुफा परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ। वडा नं. ५ मा रहेका श्री सर्वोदय माध्यमिक विद्यालय, श्री घण्टे माध्यमिक विद्यालय, र श्री बुद्ध आधारभूत विद्यालयका चेन्ज मेकर क्लबहरूले क्रमशः डहरे देउराली मन्दिर जाने बाटो, विद्यालय परिसर, घण्टे बजार र विद्यालयको खानेपानी मुहान, तथा विद्यालय परिसर सरसफाइ कार्य सम्पन्न गरेका छन्।

वडा नं. ६ अन्तर्गत श्री दरौं माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा सरसफाइ गर्दै मन्दिरभित्र रहेका पिपलका बिरुवाहरूमा गोडमेल गर्ने कार्य सम्पन्न गरेको छ। यी कार्यक्रमहरूले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सामुदायिक सहयोग, र व्यवहारिक सीप विकासमा प्रेरणा जगाएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्