Kathmandu Press

बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु 

मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन्।
बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु 

बर्दिया, कात्तिक २२ : बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन्।

दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन्। भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन्। 

Hardik ivf

राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो। थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए। 

घाइते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए।
 

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्