न्युरोडको व्यापारीक कम्प्लेक्समा आगलागी
काठमाडौं, जेठ ४ : काठमाडौंको प्युखा न्युरोडको एक घरमा आइतबार दिउँसो आगलागी भएको छ। आगलागीको कारण उक्त घरमा रहेको पसलका समानहरु जलेर नष्ट भएको छ।
....
काठमाडौं, जेठ ४ : काठमाडौंको प्युखा न्युरोडको एक घरमा आइतबार दिउँसो आगलागी भएको छ। आगलागीको कारण उक्त घरमा रहेको पसलका समानहरु जलेर नष्ट भएको छ।
घरबाहिर रहेको बिजुलीको तार सर्ट हुँदा आगलागी भएको हो। आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको छ।
आगो नियन्त्रणको लागि काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको प्रयोग गरिएको काठमाडौं प्रहरीले जनाएको छ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ।
प्रकाशित मिति: १९:४० बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार