Kathmandu Press

बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो।
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

रौतहट, कात्तिक २२ : भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो।

Hardik ivf

भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ। नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिएको उनले बताए। 

सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति: ०९:४५ बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्