Kathmandu Press

नियमित प्रक्रियाबाट जाऔं, महाधिवेशन चुनावअघि वा पछि जहिले पनि हुनसक्छ : यादव

उनले मुलुक तरल अवस्थामा रहेको बताउँदै देशमा कुन बेला, के हुन्छ भन्ने परिस्थिति थाहा नभएको पनि बताए। 
नियमित प्रक्रियाबाट जाऔं, महाधिवेशन चुनावअघि वा पछि जहिले पनि हुनसक्छ : यादव

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य दिनेश यादवले महाधिवेशनको कार्यतालिका सुरु गर्दै जाँदा चुनावअघि वा पछि भन्नु नपर्ने बताएका छन्।

केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै यादवले महाधिवेशन नियमित गर्नुपर्ने बताए। 

Hardik ivf

‘अधिवेशनको काम नियमित प्रक्रिया अन्तर्गत अगाडी बढ्नुपर्छ। आजबाट सुरु गर्नुपर्छ। र, यो विशेष भन्ने पनि छैन, अर्ली भन्ने पनि छैन, भर्खरै भन्ने पनि छैन। अनन्तकाल सम्म यही लानुपर्छ भन्ने पनि छैन,’ यादवले भने, ‘अहिलेबाट सुरु गर्ने हो । काम आफ्नो गर्दै जाने हो, हेर्दै जाने हो । जति सकिन्छ छिटो गर्ने हो।’

उनले मुलुक तरल अवस्थामा रहेको बताउँदै देशमा कुन बेला, के हुन्छ भन्ने परिस्थिति थाहा नभएको पनि बताए। 

‘महाधिवेशनको लागि महिना यकिन गर्न आवश्यक छैन। मुलुक तरल अवस्थामा छ, कतिखेर के हुने हो थाहा छैन। त्यो त आफ्नो प्रक्रियामा जाने हो। जाँदै क्रममा चाहिँ सकेसम्म सम्पन्न गर्दै जाने हो। सिधा गर्दै जाने हो,’ यादवले भने। 

उनले कांग्रेस तयार नभएसम्मसंसद् पुनःस्थापना वा निर्वाचन हुन नसक्ने दाबी समेत गरे।
 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्