Kathmandu Press

पशुपतिको किरियापुत्री भवन र शवदाह गृह बन्द 

काठमाडौं, जेठ ४ : पशुपतिनाथ मन्दिर क्षेत्रकाे किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ। शनिबार राति कोरोना संक्रमित महिलाको विद्युतीय शवदाह ....

पशुपतिको किरियापुत्री भवन र शवदाह गृह बन्द 

काठमाडौं, जेठ ४ : पशुपतिनाथ मन्दिर क्षेत्रकाे किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ। शनिबार राति कोरोना संक्रमित महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएपछि शवदाहगृह बन्द भएकाे हो।

संक्रमित महिलाको शवदाह गरेपछि मेसिनलाई स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द गर्नुपरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

उनका अनुसार इन्जिनियरहरुले मेसिनकाे मर्मत गरिरहेकोले मर्मतपछि एक/दुई दिनमै सञ्चालनमा उनले बताए।

त्यस्तै, किरियापुत्री भवनका कोठामार्फत संक्रमण फैलन नदिन नयाँ किरियापुत्रीलाई भवनमा बस्न रोक लगाइएको छ। अहिले बसिरहेका किरियापुत्रीबाहेक नयाँको लागि बन्द गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्