Kathmandu Press

चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

माइकल चन्दले निर्देशन गर्ने फिल्म ४० दिन चितवनमा खिच्ने सेड्युल छ। त्यसपछि १० दिन मुस्ताङको सेड्यूल रहेको बताइएको छ।
चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

काठमाडौं, कात्तिक २१ : फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ। झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारी छ। 

माइकल चन्दले निर्देशन गर्ने फिल्म ४० दिन चितवनमा खिच्ने सेड्युल छ। त्यसपछि १० दिन मुस्ताङको सेड्यूल रहेको बताइएको छ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए। ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए।

फिल्म चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी छ। फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायतको अभिनय रहनेछ । 

उपेन्द्र सुब्बा र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन्। मोती कार्की क्रियटिभ निर्माताको रुपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ। 

एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो फिल्म निर्माण गरिनेछ। निर्देशक माइकल चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन्। 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्