बूढानीलकण्ठका १२ जनालाई क्वारेन्टाइनमा राखियो
काठमाडौं, जेठ ४ : बूढानीलकण्ठ नगरपालिकाले नेपालगञ्जबाट आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ। कोभिड–१९ को संक्रमण बढिरहेको समयमा लकडाउन....

काठमाडौं, जेठ ४ : बूढानीलकण्ठ नगरपालिकाले नेपालगञ्जबाट आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ। कोभिड–१९ को संक्रमण बढिरहेको समयमा लकडाउनको समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए।
भारतको विभिन्न ठाउँ हुँदै नेपालको सीमासम्म आइपुगेका ती व्यक्तिहरु नेपालगञ्जमा रहेको क्वारेन्टाइनमा बसी पत्रसहित सम्बन्धित विभिन्न जिल्ला पठाउने क्रममा काठमाडौं आइपुगेका थिए। क्वारेन्टाइनमा राखिएका १२ पुरुषहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र सुर्खेतलगायत जिल्लाका रहेका छन्। नेपालगञ्जबाट काठमाडौं आएका ती व्यक्तिहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ।











