Kathmandu Press

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन। तोडफोड, आगजनी, लुटपाट भयो, त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो,’ उनले भने।
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

काठमाडौं, कात्तिक १९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन्।

नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र : कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै अध्यक्ष ढकालले आन्दोलनको वास्तविक उद्देश्य र जनचाहनाअनुसार परिणाम नआएको टिप्पणी गरे।

Hardik ivf

उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढेपनि पछि गलत तत्वको प्रवेशले त्यसलाई असामाजिक गतिविधितर्फ मोडिएको बताए।

‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन। तोडफोड, आगजनी, लुटपाट भयो, त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो,’ उनले भने।

ढकालले तोडफोड र आगजनीका कारण उद्योग प्रतिष्ठान र नागरिकको घरसमेत असुरक्षित बनेको उल्लेख गरे।

‘सुरक्षित ठाउँ त घर हो, त्यो घर नै असुरक्षित भयो भने त्यो व्यक्तिको, समाजको, राज्यको र प्रणालीको के अवस्था हुन्छ?,’ उनले भने।

उनले सुशासन र पारदर्शिताको सवाल केवल जेनजीको मात्रै नभई सबैको साझा विषय भएको पनि बताए। ढकालले निजी क्षेत्रले पनि लामो समयदेखि सुशासन र पारदर्शिताको माग उठाउँदै आएको समेत बताए।
 

प्रकाशित मिति: २०:१५ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्