बाँकेका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि
काठमाडौं, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।
आइतबा....

काठमाडौं, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिका– ५, स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको कोरोनाको संक्रमणबाट मृत्यु भएको जानकारी दिए।
युवकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको उनले बताए। ती युवकको आइतबार बिहान पौने ७ बजेतिर नरैनापुर गाउँपालिका– ५, स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमै मृत्यु भएको थियो।
मृतकलाई राति अचानक बान्ता आएको र त्यसको दुई घण्टापछि उनको मृत्यु भएको क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाले बताए। मृतक युवक भारतको महाराष्ट्रदेखि हिँडेरै आएर क्वारेन्टाइनमा बसेका थिए।











