Kathmandu Press

कोरोनाबाट निधन भएकी महिलाको शिशुमा जन्डिस देखियो

काठमाडौं, जेठ ४ः कोराना संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको नवजात शिशुमा जन्डिस देखिएको छ। १२ दिने शिशुमा जन्डिस देखिएको....

कोरोनाबाट निधन भएकी महिलाको शिशुमा जन्डिस देखियो
प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ ४ः कोराना संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको नवजात शिशुमा जन्डिस देखिएको छ। १२ दिने शिशुमा जन्डिस देखिएको धुलिखेल अस्पतालले जनाएको छ। 

महिलाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। बिहीबार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको छ।

आमाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ। स्वाबको परीक्षण धुलिखेल अस्पतालको प्रयोगशालामा हुँदैछ।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्