एन्फा र क्लबहरुबीच पुसमा राष्ट्रिय लिग गर्ने सहमति, ए डिभिजन लिग अर्को वर्षमात्रै
एन्फा र क्लबहरूबीच यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति भएको हो।
काठमाडाैं, कात्तिक १८ : सहिद स्मारक ए डिभिजन लिग यो वर्ष नहुने भएको छ। एन्फाले आफ्नो वाार्षिक क्यालेन्डरमै रहेको ए डिभिजन लिग यो वर्ष नगर्ने एन्फा र क्लबहरुबीच सहमति भएको छ।
एन्फा र क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नभई राष्ट्रिय लिग गर्ने सहमति भएको छ। उनीहरुबीच ए डिभिजन लिग अर्को गर्ने सहमति भएको छ।
एन्फा र क्लबहरूबीच यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति भएको हो।
राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट ४ टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने सहमति पनि भएको छ।
राष्ट्रिय लिगमा गत संस्करणको ए डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली (चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी) र प्रेसिडेन्ट लिगबाट गएका ४ टोली गरी १० टिम सहभागी हुने छन्।
राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





