Kathmandu Press

जिल्लामा उत्कृष्ट बनेको अर्जुनचौपारीलाई जिल्ला समन्वय समितिको सम्मान 

पालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्वमूल्याङ्कमा ८८.७५ र बित्तिय शुशासन जोखिम मूल्याङ्कनमा ९४ अंक प्राप्त गरी जिल्लामा प्रथम स्थाल हासिँल गर्न सफल भएको भन्दै सम्मान गरिएको जिल्ला समन्वयका प्रमुख श्रीप्रसाद जिटीले बताए । 
जिल्लामा उत्कृष्ट बनेको अर्जुनचौपारीलाई जिल्ला समन्वय समितिको सम्मान 

स्याङ्जा, कात्तिक १७ : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा०मा उत्कृष्ट बनेको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ ।  

पालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्वमूल्याङ्कमा ८८.७५ र बित्तिय शुशासन जोखिम मूल्याङ्कनमा ९४ अंक प्राप्त गरी जिल्लामा प्रथम स्थाल हासिँल गर्न सफल भएको भन्दै सम्मान गरिएको जिल्ला समन्वयका प्रमुख श्रीप्रसाद जिटीले बताए । 

Hardik ivf

जिल्ला समन्वय समितिको कार्यालय स्याङ्जामा आज आयोजित आर्थिक वर्ष २०८१/८२ बार्षिक समीक्षा कार्यक्रममा प्रदेश सभा सदस्य सुधिर कुमार शिवाकोटीले पालिका उपप्रमुख सपना गुरुङ र पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याललाई सामूहिक रुपमा प्रमाणपत्र वितरण गरे। 

यसअघि अर्जुनचौपारी गाउँपालिका विभिन्न विधामा देशभरबाट उत्कृष्ट पालिका घोषित हुँदैं विभिन्न सरकारी निकायबाट सम्मान भइसकेको छ। युवा पालिका अध्यक्ष प्रकाश तिवारीले नेतृत्व गरेको पालिकामा सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको पटक–पटक उत्कृष्ट अंक ल्याउन सफल भएको छ।

तिवारी ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा समेत समावेश भएका थिए।

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्