Kathmandu Press

कोरोनाबाट मृत्यु भएकी महिला बसेको गोंगबु क्षेत्र सिल, सबैको कोरोना परीक्षण गरिँदै

काठमाडौं, जेठ ४ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको पीसीआर परीक्षण गरिने भएको छ....

कोरोनाबाट मृत्यु भएकी महिला बसेको गोंगबु क्षेत्र सिल, सबैको कोरोना परीक्षण गरिँदै

काठमाडौं, जेठ ४ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको पीसीआर परीक्षण गरिने भएको छ।

बिहीबार धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी २९ वर्षीया महिला काठमाडौंको टोखा नगरपालिका–९, गोंगबुमा बस्दै आएकी थिइन्। महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई नगरपालिकाले शनिबार रातिदेखि नै सिल गरेको छ।

Hardik ivf

उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षणको काम सुरू गरिएको उपमेयर ज्ञानमाया डंगोल जानकारी दिइन्।  ‘सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको टोली आएको छ,’ डंगोलले भनिन्।

चैतको अन्तिम साता टोखा नगरपालिकाले वितरण गरेको राहत ती महिलाले पनि लिएकी थिइन्। राहत वितरणमा संलग्न जनप्रतिनिधिको पनि कोरोना परीक्षण गर्न लागिएको उनले बताइन्। 

वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी भएकी महिलाको त्यसको भोलिपल्ट नर्मल डेलिभरी भएको थियो। त्रिवि शिक्षण अस्पतालबाट वैशाख २५ गते डिस्चार्ज भएपछि उनी सिन्धुपाल्चको बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित घर गएकी थिइन्।

घर गएपछि स्वास्थ्यमा समस्या आएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पुगेकी उनलाई जेठ १ गते धुलिखेल अस्पताल भर्ना गरिएको थियो। तर, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले महिलाको स्वाब निकालेर कोरोनाको परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। त्यस लगत्तै उनको उपचारका क्रममा निधन भएको थियो। 

कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको शनिबारै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्