विराटनगरका औषधि व्यवसायीको शंकास्पद मृत्यु
विराटनगर, जेठ ४ : विराटनगर महानगरपालिका– १० का औषधि व्यवसायी मृत भेटिएका छन्। सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल आइतबार बिहान मृत भेटिएका हुन।<....

विराटनगर, जेठ ४ : विराटनगर महानगरपालिका– १० का औषधि व्यवसायी मृत भेटिएका छन्। सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल आइतबार बिहान मृत भेटिएका हुन।
दुलालको शरीरमा निलडाम भेटिएपछि घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका दुलाल आइतबार बिहान बेहोश अवस्थामा भेटिएका थिए।
नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १४:५३ बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











