Kathmandu Press

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ : यादव

काठमाडौं, जेठ ४ : जनता समाजवादीका नेता उपेन्द्र यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बोधन नै नगरेको बताएक....

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ : यादव

काठमाडौं, जेठ ४ : जनता समाजवादीका नेता उपेन्द्र यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बोधन नै नगरेको बताएका छन्।

आइतबार प्रतिनिसभामा बोल्दै उनले सरकारले लकडाउन र केही परीक्षणबाहेक अन्य काम गर्न नसकेको जिकिर गरे। उनले कोरोनका कारण चार प्रकारका संकटहरु देखा परेका बताए।

'अहिले मुख्यगरी चार प्रकारका संकटहरु देखा परेका छन्। स्वास्थ्य, मानवीय, आर्थिक र राजीनितक संकट देखा परेका छन्। यि संकटबाट कसरी पार पाउने भन्ने स्पष्ट छैन,’ उनले भने। अस्पतालहरुमा भेन्टिलेटर, स्वास्थ्य उपकरण तथा जनशक्तिको अभाव भइरहेको उनको भनाइ थियो।

यादवले भने, 'वैज्ञानिक र डाक्टरहरुले भनिरहेका छन्, जुन र जुलाइमा कोरोनाको पिक आवर आउँदै छ र अत्यधिक बढेर जानसक्छ। यसको व्यवस्था कसरी गर्ने हो? अत्तोपत्तो छैन।’ केन्द्र र प्रदेशअन्तर्गतका अस्पतालको तयारी न्यून रहेको पनि बताए।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले महामारीलाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो। कोरोना महामारीलाई सम्बोधन गर्नका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाएर जानुपर्नेमा सरकार चुकेको उनले बताए।

नेता यादवले सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गर्न पनि सुझाए। उनले कोरोना सँगसँगै कुपोषणलगायतका रोगबाट पनि जनता पीडित हुनसक्ने र सरकारले त्यसतर्फ ध्यान नै नदिएको पनि आरोप लगाए।

विदेशमा अलपत्र नागरिकाको उद्धारमा सरकारले चासो नदिएको नेता यादवको आरोप थियो। उनले विषेशगरी भारतले नेपालीलाई सीमातिर पठाउने र नेपालले पनि आफ्ना नागरिक भित्रिन नदिएका कारण थप समस्या भएको उनको भनाइ थियो।

नेता यादवले सीमा विवाद सरकारको कूटनीति असफलताकै कारण भएको आरोप लगाए। उनले सरकार कूटनीतिक मामिलामा चुकेकै कारण लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै मिचिएका भूभागको सम्बोधन हुन नसकेको बताए।

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्