Kathmandu Press

राजेन्द्र महतोको प्रश्न- सीमाको रक्षा दौरासुरुवा लगाउने ओलीले गर्ने कि धोती लगाउनेले?

काठमाडौं, जेठ ४ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले जनताको जीवन रक्षा र सीमा रक्षाको लागि कुनै काम नगरेको बताएका छन्। शुक्रबार....

राजेन्द्र महतोको प्रश्न- सीमाको रक्षा दौरासुरुवा लगाउने ओलीले गर्ने कि धोती लगाउनेले?

काठमाडौं, जेठ ४ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले जनताको जीवन रक्षा र सीमा रक्षाको लागि कुनै काम नगरेको बताएका छन्। शुक्रबार सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि टिप्प्णी गर्दै  नेता महतोले भारतले मिचेको सीमा रक्षा गर्न सरकार सफल नभएको बताएका हुन्।

उनले नेपाली भूमिमा भारतले सडक निर्माण गरिसक्दा पनि सरकारले के हेरेर बसेको भन्दै प्रश्न गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचियो रे, रोजन्द्र महतो बोलेन भनिरहेका छन्। यसबारे कसले बोल्ने हो ? यो बिगत ७० वर्षदेखिको समस्या हो। ८ वर्षदेखि त सडक बनाइरहेको रहेछ। अनि सीमा रक्षा दौरा सुरुवाल टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले ? जनता र देशको रक्षा गर्न नसक्ने सरकार राष्ट्रघाती हो कि होइन ?असफल, नालायक, राष्ट्रघाती भन्ने कि नभन्ने ? जनताले फैसला गर्छ। 

उनले महाभारतमा भएभन्दा पनि बढी बुँदा नीति तथा कार्यक्रममा बाचन गरेपनि जनताको रक्षा र अर्थतन्त्र उकास्नेबारे कुनै योजना समावेश नभएको बताए। ’जनता, अर्थतन्त्रको रक्षा कसरी हुने, भन्ने कुरामा लाग्नुपर्नेमा सरकार झिनामसिना कुरामा लाग्यो। गह्रौ मत लिएर अगाडि बढेको सरकारले हलुको कार्यक्रम ल्यायो, उनले भने, कुर्सी जोगाउने ध्यानमा मात्र केन्द्रित सरकारको नीति तथा कार्यक्रम कसरी राम्रो आउछ।’

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारै नारामा मात्र सिमित भएको बताए। नीति तथा कार्यक्रम चुनावी नारा जस्तो छ। लकडाउन भएको ५० दिन भयो जनताको जीवन रक्षका लागि सरकारले के गर्यो, व्यापार व्यवसाय उकास्न सरकारले के गर्यो, विदेशमा रहेका नेपालीका लागि के गर्यो ? यस्तो बकफुस्रे नारा दिएर के हुन्छ। निरोगी जनता कि रोगी बनाउने ? स्वदेशी उपभोग गर्ने रे सबै विदेशबाट ल्याउने अनि कसरी स्वदेशी उपभोग हुन्छ ?’

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्