Kathmandu Press

कोरोनाको समयमा स्वस्थ्य रहन अपनाउनुपर्ने पाँच उपाय

काठमाडौं, जेठ ४ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभरका मानिसको जीवनशैली नाटकीय रुपमा परिवर्तन भइरहेको छ।

'मेरो परिवार....

कोरोनाको समयमा स्वस्थ्य रहन अपनाउनुपर्ने पाँच उपाय

काठमाडौं, जेठ ४ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभरका मानिसको जीवनशैली नाटकीय रुपमा परिवर्तन भइरहेको छ।

'मेरो परिवार पनि यो समयमा सामान्य अवस्थामै छ भन्न मिल्दैन,' विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस एधानोम गेब्रेसस् भन्छन्,'विद्यालय  बन्द भएको कारणले मेरी छोरी घरबाटै अनलाइन कक्षा लिइरहेकी छिन्।'

कोरोनाका कारण सृजना भएको यस्तो गम्भीर अवस्थामा सबैले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य तर्फ ध्यान दिन आवश्यक छ। यसले दिर्घकालिन रुपमै फाइदा पुग्ने छ। 

विश्व स्वास्थ्य संगठनले महामारीको वेला स्वस्थ रहन अपनाउनु पर्ने पाँच वटा उपचाय सुझाएको छ।

पहिलो, स्वस्थ र पौष्टिक आहार खानुहोस्। यसले प्रतिरक्षा प्रणालीलाई मद्दत गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

दोस्रो, मध्यपानको सेवन कम गर्नुस्। सुगरयुक्त मदिराकाे सेवन नगर्न सुझाएको छ।

तेस्रो, धुम्रपान गर्नु हुँदैन। अत्यधिक धुम्रपानले गम्भीर रोगहरुलाई बढावा दिनुका साथै कोरोना भाइरसबाट संक्रमित बनाउने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

चौथो, व्यायाम गर्नुस्। दैनिक ३० मिनेटसम्म शारीरिक व्यायाम गर्नुपर्ने डब्लूएचओले जनाएको छ। साथै बालबालिकालाई दैनिक एक घन्टा व्यायाम गर्नुपर्ने जनाएको छ।
यदि काममा बाहिर जानुपर्ने छ भने आवश्यक दूरी कायम राख्नुस्। घर छोड्नु पर्दै भने अनलाईनको सहयोगबाट गीत, व्यायाम र नृत्यका साथै योग गर्ने बानी बसाल्न सुझाएको छ।

यदि घरबाटै अफिसको काम गरिरहनु भएको छ भने एकै ठाउँमा एउटै पोजिसनमा धेरै समय नबस्नुहोस्। हरेक ३० मिनेटमा उठेर तीन मिनेटको ब्रेक लिनुहोस्।

पाँचौ, मस्तिष्कलाई स्वस्थ राख्नुहोस्। आफूलाई तनावग्रस्त र संकटकालको समय डर महसुस गर्नु स्वभाविक नै हो। यसको न्यूनिकरणका लागि मिल्ने र भरपर्दो साथीभाइ वा आफन्तसँग कुराकानी गर्नुपर्छ।

समुदायमा रहेका अन्य मानिसहरुलाई सहयोग गर्नु उनीहरुका साथै आफ्नो लागि पनि राम्रो हुन्छ। आफ्नो छिमेकी, साथीभाइ र परिवारको हेरचाह गर्नु नै कोरोना भाइरसविरुद्धको सबै भन्दा ठूलो औषधि हो।

गीत सुन्ने, किताब पढ्ने, गेम खेल्ने गर्नुपर्छ। आवश्यकभन्दा बढी मात्रामा समाचारहरु पनि सुन्नु हुँदैन। यसले तपाईलाई चिन्तित बनाउँछ। दिनमा एक वा दुई पटकसम्म भरपर्दो स्रोतबाट समाचार लिनुहोस्।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्