नीति तथा कार्यक्रम कोरोना संकट केन्द्रित छ : उपनेता नेम्वाङ
काठमाडौं, जेठ ४ : नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बचाउ गरेका छन्। प्रस्तुत कार्यक्र....

काठमाडौं, जेठ ४ : नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बचाउ गरेका छन्। प्रस्तुत कार्यक्रम कोरोना संकट केन्द्रित नै भएको भन्दै उनले बचाउ गरेका हुन्।
अहिलेको नीति तथा कार्यक्रम कोरोना रोकथाम तथा नियन्त्रणमै केन्द्रीत हुनुपर्छ भन्ने सबैको जोड थियो उनले भने, नीति तथा कार्यक्रम सोही अनुसार आएको छ।
आफु विगत २०४८ सालदेखि निरन्तर संसद्मा रहेर नीति तथा कार्यक्रम नजिकबाट हेरेको र भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति रोश प्रकट गरेका छन्।
प्रतिपक्षी दलका नेताले सरकारलाई कोरोनाको क्षतिबारे ज्ञान नै छैन, दुःख बुझ्ने हृदय नै छैन भन्नुभयो । म यसलाई अन्यथा मान्दिन। प्रतिपक्षीको आलोचना सुन्नुपर्छ तर यो त अलिक भएन कि ?’ उनले भने,’नीति तथा कार्यक्रम सबै काम लाग्ने छन्, तर १ देखि २७६ सम्मका बुँदा नै संशोधन गर्नुपर्छ भन्ने आयो। मलाई लाग्छ फुलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भनेजस्तो हो।’
सभापति देउवाले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नरहेको टिप्पणी गरेका थिए।











