Kathmandu Press

नागढुंगा नाकामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ

काठमाडौं, जेठ ४ : स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा स्वयंसेवकको नाममा नागढुंगा नाकामा खटिएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। 

....

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पत्राmउ पर्नेमा चन्द्रगिरी नगरापलिकाका उत्तम कार्की रहेका छन्। 

कोरोना संक्रमण फैलन नदिन भन्दै शुक्रबार दिउँसो उनीलगायतको टोलीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीको गाडी र झोला खनतलासी गरेका थिए। 

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारवाही गरिने एसएसपी ज्ञवालीले बताए।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्