Kathmandu Press

कोरोना देखिएका सेनाका उच्चअधिकारीको सम्पर्कमा आएका सबैको परीक्षण गरिँदै

दोलखा, जेठ ४ : कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाका उच्च अधिकारीको सम्पर्कमा आएका सबैको परीक्षण गर्न लागिएको छ।

नेपाली सेनाको मध्यपू....

कोरोना देखिएका सेनाका उच्चअधिकारीको सम्पर्कमा आएका सबैको परीक्षण गरिँदै
फाइल फाेटाे

दोलखा, जेठ ४ : कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाका उच्च अधिकारीको सम्पर्कमा आएका सबैको परीक्षण गर्न लागिएको छ।

नेपाली सेनाको मध्यपूर्वि पृतनाका एक उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनी केही दिन अघि दोलखाको चरिकोट आएका थिए।

नेपाली सेनाले सदरमुकाम चरिकोटमा कोरोनाबाट मृत्यु भएमा गरिने उद्धारदेखि दाहासंस्कारसम्मको प्रक्रियाको अभ्यास गरेको थियो। त्यसमा सहभागी हुन मध्यपूर्वि पृतनाका थुप्रै उच्च अधिकारी चरिकोट पुगेका थिए।

तिमध्ये एक जनामा कोरोना संक्रमण भएको खबर पाएपछि सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्न लागिको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। कार्यक्रममा सहभागी सबैको कोरोना परीक्षण गर्न लागिएको उनले बताए।

वैशाख १९ गते अभ्यास गरिएको थियो। त्यसमा निरीक्षण गर्न पुगेका प्रशासक, जनप्रतिनिधि, सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारको परीक्षण गरिनेछ। उनीहरु सबैको आरडीटी विधिबाट परीक्षण हुने प्रजिअ शर्माले बताए।

त्यसमा कति जना सहभागी थिए भन्ने एकीन भएको छैन। सबै सहभागी र उनीहरुको सम्पर्कमा आएका केही व्यक्तिको पनि कोरोना परीक्षण गरिनेछ।

कोरोना देखिका मध्यपूर्वि पृतना, महोत्तरीमा कार्यरत शैन्य अधिकारीलाई आइसोलेसनमा राखिएको छ। उनको सम्पर्कमा रहेका अन्य व्यक्तिमा परीक्षण गर्न लागिएको जनाएको छ।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्