Kathmandu Press

पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

उनी गत फागुन १८ गतेमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। 
पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

काठमाडौं, कात्तिक १३ : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। 

अस्ट्रेलियाका रसले बिहीबार राजीनामा दिएका हुन्। उनले सम्झौता अवधि बाँकी छँदै राजीनामा दिएका हुन्।

Hardik ivf

उनी गत फागुन १८ गतेमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। 

रसको प्रशिक्षणमा नेपालले ७ खेल खेल्दा १ जित र ४ हारको समाना गरेको छ। ती चारै हार एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले भोगेको थियो। लगातार चार हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरिसकेको छ।

उनको प्रशिक्षणमा नेपालको एकमात्र जित सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलका थियो। 


 

प्रकाशित मिति: ११:३९ बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्