Kathmandu Press

कोरोनाले निधन भएकी महिलाको शिशुको आज कोरोना परीक्षण गरिने

काठमाडौं, जेठ ४ : धुलिखेल अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु भएकी महिलाको १२ दिने शिशुको आज कोरोना परीक्षण गरिने भएको छ।

शिशुको स्वास्....

कोरोनाले निधन भएकी महिलाको शिशुको आज कोरोना परीक्षण गरिने

काठमाडौं, जेठ ४ : धुलिखेल अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु भएकी महिलाको १२ दिने शिशुको आज कोरोना परीक्षण गरिने भएको छ।

शिशुको स्वास्थ्य सामान्य भएपनि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। ‘शिशुसहित मृतकका श्रीमान, आमा र बहिनीको स्वाब संकलन गरिएको छ’ धुलिखेल अस्पतालका प्रवक्ता सुमन ताम्राकारले भने, ‘पीसीआर रिर्पोट आएपछि उहाँको थप उपचार हुन्छ। अहिले आइसोलेशनमा हुनुहुन्छ।’

सिन्धुपाल्चोकको बाह्रविसे गाउँपालिका ९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो। उनको कोरोना संक्रमणबाट मृत्यु भएको कुरा शनिबार राति मात्रै स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो। 

गत वैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी महिलाको कोरोनाको कारण मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुती वार्ड सिल गरिएको छ। साथै, उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ।

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्