Kathmandu Press

बाँँकेको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँके, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको छ। उनको आज आइतबार बिहान ४ बजे मृत्यु भएको हो। ....

बाँँकेको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँके, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको छ। उनको आज आइतबार बिहान ४ बजे मृत्यु भएको हो। 

नरैनापुर गाउँपालिकाको मटैया ५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका युवकको कोरोना परीक्षणको लागि शनिबार स्वाब संकलन गरिएको थियोे।

परीक्षणको लागि पठाइएको स्वाबको नतिजा नआइसकेकोले उनको मृत्यु कोरोनाको कारण भएको हो वा होइन पुष्टि हुन बाँकी रहेको बाँकेका जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले बताए।

मृतकलाई राति अचानक बान्ता अएको थियो र  त्यसको दुई घण्टापछि उनको मृत्यु भएको क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाले बताए।

मृतक युवक भारतको महाराष्ट्रदेखि हिँडेरै आएर हप्तैसम्म सीमामा बसेका थिए।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्