एल क्लासिकोमा रियल विजयी
आइतबार राति सान्टियागो बर्नाबेउमामा भएको खेलमा किलियन एम्बाप्पे र जुड बेलिङघमको उत्कृष्ट प्रदर्शनमा रियलले बार्सिलोनामाथि २–१को जित निकाल्यो।
काठमाडाैं, कात्तिक १० : सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ। आइतबार राति सान्टियागो बर्नाबेउमामा भएको खेलमा किलियन एम्बाप्पे र जुड बेलिङघमको उत्कृष्ट प्रदर्शनमा रियलले बार्सिलोनामाथि २–१को जित निकाल्यो।
योसँगै रियलले एल क्लासिकोमा लागतार चार हारको यात्रालाई पनि तोडेको छ। अघिल्लो सिजन भएको चारै एल क्लासिकोमा रियल पराजित भएको थियो।
घरेलु मैदानमा खेलमा अग्रता पनि रियलले नै लियो। २२औं मिनेटमा एम्बाप्पेले बेलिङघमको पासमा गोल गरेका थिए। त्यसअघि १४औं मिनेटमै एम्बाप्पेले नै डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए। तर, सो गोल भार मार्फत रद्द भएको थियो।
३८औं मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो। उसका फेर्मिन लोपेजले मार्कस रास्फोर्डको पासमा गोल गरेका थिए। ४३औं मिनेटमा रियलले खेलमा फेरि अग्रता लियो। भिनिसियस जुनियरको उत्कृष्ट क्रसमा मिलिटाओले हेडिङमार्फत दिएको पासमा पोस्ट नजिकैबाट बोलिङघमले ट्यापइनम गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमै रियलले पेनाल्टी पायो। तर, एम्बाप्पेको पेनाल्टी बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि थप गोल नहुँदा रियल २–१ले विजयी भयो।
खेलको इन्जुरी समयको १०औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका पेड्री दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
यस्तै, खेलसकिएपछि झगडा गर्दा रियलको बेन्चमा रहेका गोलकिपर आन्द्रे लुनियनले पनि रातो कार्ड पाएका थिए। खेलसकिएपछि दुवै टिमका खेलाडीबीच मैदान र टँडेलमा पनि हात हालाहालको स्थिति बनेको थियो।
यो जितसँगै रियलले ला लिगामा ५ अंकको अग्रता लिएको छ। १० खेलमा ९ जित निकालेको रियलको २७ अंक छ भने २२ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ।
-(56)-1764919423.jpg)











