Kathmandu Press

कन्टेनरमा आएका ५० भारतीय मजदुर नियन्त्रणमा

काभ्रे, जेठ ४ : कन्टेनरमा आएका ५० जना भारतीय मजदुरलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुल....

कन्टेनरमा आएका ५० भारतीय मजदुर नियन्त्रणमा

काभ्रे, जेठ ४ : कन्टेनरमा आएका ५० जना भारतीय मजदुरलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।

उनका अनुसार उनीहरु जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। उनीहरुलाई धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ओरालेको थियो।  

उनीहरुलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए। “नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदै छ, सूचनाबिना यसरी मानिस ल्याएर छाड्न पाइँदैन,” तिमल्सिनाले भने। उनले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए।

यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरीको बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ। मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन्।

बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ।

प्रकाशित मिति: ११:३९ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्