Kathmandu Press

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ४१ हजार ९०० कायम भएको छ। यसअघिको कार्त्तिक ३ गते  एक तोला सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा खरिद, बिक्री भएको थियो।
ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं, कात्तिक ९ : नेपाली बजारमा सुनको भाउ एकैदिन ११ हजार बढीले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ ११ हजार ६०० रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो।

मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ४१ हजार ९०० कायम भएको छ। यसअघिको कार्त्तिक ३ गते  एक तोला सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा खरिद, बिक्री भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन एकतोला चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्