मन्त्रिपरिषद्को बैठक बस्दै, फेरि लकडाउन थप्ने तयारी
काठमाडौं, जेठ ४ : लकडाउनबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद....

काठमाडौं, जेठ ४ : लकडाउनबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका विषयमा निर्णय गर्नेछ।
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। आज लकडाउनको ५५औं दिन हो। सरकारले देशभर लगाएको लकडाउन भोलि सकिँदै छ।
बालुवाटार स्रोतका अनुसार, लकडाउन थप्ने तयारी गरिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएकाले तत्काल लकडाउन हटाउँदा जोखिम बढ्न सक्ने आंकलन गरिएको छ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चसस्तरीय समितिले पनि लकडाउन बढाउनु पर्ने सिफारिस गरेको छ। समितिले संक्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्नुपर्ने सुझाव दिएको थियो।
कोरोना संक्रमणबाट बिहीको एक सुत्केरीको मृत्यु भएको छ। त्यस्तै, संक्रमितको संख्या पनि बढेर दुई सय ९१ पुगेको छ। आज बिहान मात्रै १० जनामा संक्रमण पुष्टि भएको छ।
केही मन्त्रीले लकडाउन खुकुलो पार्ने सुझाव पनि दिएको जनाएको छ। प्रधानमन्त्री ओलीलगायत धेरैजसो मन्त्री लकडाउन लम्ब्याउनु पर्नेमा सहमत रहेका छन्।











