Kathmandu Press

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना 

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । 
आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना 

काठमाडौं, कात्तिक ९ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । 

Hardik ivf

यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

आज राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्