Kathmandu Press

विश्वकप लिग–२ मा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ । 
विश्वकप लिग–२ मा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

काठमाडौं, कात्तिक ९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । यो लिगको ८६ औँ खेल हो । 

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ । 

Hardik ivf

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्। नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ । यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्