Kathmandu Press

भारतमा एकैदिन ४८ सयमा कोरोना, संक्रमितको सख्या ९० हजार

काठमाडौं, जेठ ४ : भारतमा एकै दिन चार हजार आठ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९० हजार नाघेको छ।

भारतीय....

भारतमा एकैदिन ४८ सयमा कोरोना, संक्रमितको सख्या ९० हजार

काठमाडौं, जेठ ४ : भारतमा एकै दिन चार हजार आठ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९० हजार नाघेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा अहिलेसम्मक सबैभन्दा बढी कोरोना संक्रमित देखिएका हुन्। सबैभन्दा बढी गुजरातमा एक हजार जनामा कोरोना देखिएको छ।

आइतबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नौ सय २७ पुगेको छ। जसमध्ये दुई सय ६९ आज बिहान मात्रै थपिएका हुन्। यो चीनको भन्दा पनि बढी हो।

अहिलेसम्म भारतमा कोरोनाबाट दुई हजार आठ सय ७२ जनाको मृत्यु भएको छ। एक जनाको आज बिहानै मृत्यु भएको हो।

कोरोना संक्रमितमध्ये ३४ हजार दुई सय २४ जना निको भएका छन्। अहिले ५३ हजार आठ सय ३१ जनाको उपचार भइरहेको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा सबैभन्दा बढी ३० हजार सात सय ६ जनामा कोरोना देखिएको छ भने एक हजार एक सय ३५ जनाको मृत्यु भएको छ। त्यस्तै, गुजरातमा १० हजार नौ सय ८८, तमिलनाडुमा १० हजार पाँच सय ८५, दिल्लीमा नौ हजार तीन सय ३३ र मध्य प्रदेशमा चार हजार सात सय ३९ जनामा कोरोना देखिएको छ।

नेपालसँग सीमा जोडिएका राज्यमा पनि संक्रमण बढ्दै गएको छ। अहिलेसम्म उत्तर प्रदेशमा चार हजार दुई सय ५८, पश्चिम बंगालमा दुई हजार पाँच सय ७६, बिहारमा एक हजार एक सय ७९ र उत्तराखण्डमा ८८ जनामा कोरोना देखिएको छ।

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्