Kathmandu Press

बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एक जनाको मृत्यु

रामेछाप, कात्तिक ७ : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल विपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः३० बजे  तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका प्रहरीले जनाएको छ। 

उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो।

 

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, कात्तिक ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्