Kathmandu Press

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन्।
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

रौतहट, कात्तिक ७:  रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो।

उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले  देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन्।

Hardik ivf

आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको  दमकल सहितको टोली घटनास्थालमा पुगेको छ। 

आगलागीको कारण अहिले सम्म खुल्न नसकेको र यसबाट भएको  क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । आगो  नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जानकारी दिएको   छ । आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, कात्तिक ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्