Kathmandu Press

भ्रष्टाचार विरुद्धको लडाईमा नयाँ पहल, जेनजीपुर डटकमको शुभारम्भ

जेनजीपुर टिमले सार्वजनिक गरेको प्लेटफर्मबाट एक स्वतन्त्र, सुरक्षित र प्रयोगकर्तामैत्री प्लेटफर्म हो, जसमा नागरिकहरूले पूर्ण गोपनीयताका साथ भ्रष्टाचारका घटनाहरू रिपोर्ट गर्न सक्नेछन् ।
भ्रष्टाचार विरुद्धको लडाईमा नयाँ पहल, जेनजीपुर डटकमको शुभारम्भ

काठमाडौं, कात्तिक ६ : भ्रष्टाचार विरुद्धको लडाईमा एक नयाँ डिजिटल प्लेटफर्म जेनजीपुर डटकम (Genzpur.com) को शुभारम्भ भएको छ ।

जेनजीपुर टिमले सार्वजनिक गरेको प्लेटफर्मबाट एक स्वतन्त्र, सुरक्षित र प्रयोगकर्तामैत्री प्लेटफर्म हो, जसमा नागरिकहरूले पूर्ण गोपनीयताका साथ भ्रष्टाचारका घटनाहरू रिपोर्ट गर्न सक्नेछन् ।

Hardik ivf

जेनजीपुर एक स्वतन्त्र, सुरक्षित र प्रयोगकतमिन्त्री अनलाइन प्लेटफर्म हो, जसको उद्देश्य नेपालमा व्याप्त भ्रष्टाचारका घटनाहरूलाई तथ्यगत रूपमा अभिलेख राख्नु, नागरिकबाट प्राप्त सूचनाको आधारमा विश्लेषण गर्नु र सम्बन्धित निकायहरूसम्म जिम्मेवारीपूर्वक पुऱ्याउनु हो । यस प्लेटफर्म मार्फत प्रयोगकर्ताहरूले आफूमाथि परेका वा वरपर घटेको भ्रष्टाचारका घटनाहरू सजिलै र पूर्ण गोपनीयताका साथ रिपोर्ट गर्न सक्नेछन् । 

नेपालमा भ्रष्टाचार अब केवल उच्च तहका नेताहरूको मात्र मुद्दा नरहेको समस्या तल्लो तहदेखि लिएर निर्णय गर्ने, छानबिन गर्ने र फैसला गर्ने हरेक तहसम्म गहिरो रूपमा जरा गाडेर बसेको छ। जेनजीपुर यसै समस्याको समाधान खोज्दै, प्रत्येक नागरिकलाई आफ्नो आवाज उठाउने सुरक्षित माध्यम प्रदान गर्ने गर्दछ । 

जेनजीपुरले आफ्नो मुख्य उद्देश्य देशमा जवाफदेही शासन, पारदर्शिता र नागरिक सहभागिता सुदृढ गर्नु रहेको जनाएको छ । यो प्लेटफर्म कुनै राजनीतिक संस्था, पार्टी वा विचारधारासँग आबद्ध छैन ।  यो अभियान केवल सत्य, न्याय र पारदर्शिता पक्षमा उभिएको स्वतन्त्र नागरिक प्रयास रहेको पनि जेनजीपुरले एक बिज्ञप्तिमार्फत जानकारी गराएको छ । 

प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, कात्तिक ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्