Kathmandu Press

विपीन जोशीप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त

शोक विज्ञप्तिमा जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरिएको छ।
विपीन जोशीप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसले हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार शोक विज्ञप्तिमार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

Hardik ivf

शोक विज्ञप्तिमा जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरिएको छ।

जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए । उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। 

बन्धक अवस्थामै जोशीको मृत्यु भएको हो । जोशीको पार्थिव शरीरमा मंगलबार नै महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टी गरिएको छ।

 

प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, कात्तिक ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्